हाल देशभर स्थानीय वायुको आंशिक प्रभाव छ। उल्लेख्य पानी पार्ने प्रणाली नभित्रिएका कारण देशभर गर्मी बढेको छ। यो क्रम आज र भोलि पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ।

काठमाडौंमै पनि तुलनतात्मक रूपमा गर्मी बढ्दै गएको छ। बिहीबार बिहान ५:४५ को मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ।

आज दिउँसो पनि काठमाडौंको तापक्रम सोही हाराहारीमा हुने पूर्वानुमान रहेको मौसमविद सञ्जिब अधिकारीले जानकारी दिए। केही स्थानहरूमा तापक्रम ४० डिग्री सेल्सियस समेत पुग्न सक्ने सम्भावना रहेको उनले बताए।

बुधबार धनगढी, नेपालगन्ज, भैरहवा, सिमरामा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस पुगेको थियो। भैरहवामा ४० देखि ४२ डिग्री अधिकतम तापक्रम पुगेको महाशाखाको विवरणमा उल्लेख छ।