विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ।
शुक्रबार बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालले जानकारी दिए।
डाइभर्सन बगाएपछि नारायणघाट-बुटवल सडक अवरूद्ध भएको छ। अत्यावश्यकबाहेकका सवारी साधान खोलाको वारपार रोकिएका छन्। अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको डिएसपी नेपालले जानकारी दिए।
