इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि सानदार जित निकाल्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ।

गएराति सवाइ मानसिंह स्टेडियम जयपुरमा राजस्थानलाई एक सय रनले पराजित गर्दै मुम्बई आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।

२१८ रनको लक्ष्य दिएर बलिङ गरेको मुम्बईले १६.१ ओभरमा राजस्थानलाई अल आउट गर्‍यो। राजस्थानले ११७ रनमात्रै जोडेको थियो।