काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको पूर्वाधार समितिमा बोल्दै उनले सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरूले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन नभएको बताएका हुन्।

यातायात बन्दै गर्ने सन्दर्भको कुराहरू गलत छ। ठिक छैन। किनभने नेपाल भनेको यातायातको क्षेत्रमा निजी क्षेत्रले मात्रै सञ्चालन गरेको छ। साझा यातायात सहकारीमार्फत सञ्चालन भएको छ । उनले भने त्यो शतप्रतिशत निजीले सञ्चालन गरेको हो। यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ। बन्दै गर्नेकुरा र जनतालाई दुःख दिने काम उहाँहरूले गर्नु हुँदैन।