एनएनसिएको अध्यक्ष र महासचिवज्यूको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री कुमार प्रसाद दाहालज्यूसँग भेटवार्ता गरेको छ।
बजारमा सौन्दर्यवर्द्धक तथा आहारपुरक सामग्रीको विकृति कम गर्न नेपाल सरकार र नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसीए) बीचको सहकार्यलाई थप बढाउनुपर्ने आवश्यकता औंल्याउदै बजारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने सरकारी प्रयासका बीच पनि न्युट्रास्युटिकल र सौन्दर्यवर्द्धक बस्तुहरूको विकृति नरोकिएकोमा एनएनसीएले पूर्ण रुपमा सहयोग गर्ने र उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर काम गर्ने प्रतिबधता जाएर गरेको छ ।
“विशेष गरि सौन्दर्यवर्द्धक व्यवसायमा अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यन्यनमा अझै बढी समस्या रहेको र समाधानको लागि निरन्तर कार्य भएकोमा यसलाई अझ बढि सशक्त बनाउदै लैजाने बताउनु भयो।” महानिर्देशक कुमार प्रसाद दाहाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग।
भेटवार्ताको क्रममा बजारमा देखापरेका एमआरपीको विषयमा देखिएको समस्या र समाधानका लागि पहिलो दिनबाट एनएनसीए साथमा रहेको र आगामी दिनमा पनि सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उक्त छलफलमा एनएनसीएका प्रतिनिधि टोलीले न्युट्रास्युटिकल र सौन्दर्यवर्द्धक व्यावसायको बजारलाई स्वस्थ मर्यादित सुरक्षित र उपभोक्ता मैत्री बनाउनका लागि स्थापना कालदेखि लागिरहेको र वाणिज्य विभागसँगको सहकार्य निरन्तर रहने जानकारी दिनुभयो।
साथै वाणिज्य विभाग र अन्य सरोकारवाला निकायसँगको समन्वय निरन्तर रहने प्रतिबद्धता रहेको एनएनसीएका महासचिव सुरज पौडेलज्यूले बतायो।
महानिर्देशक कुमार प्रसाद दाहालले यो एमआरपी कार्यान्वयनको विषय वाणिज्य विभाग महानिर्देशकको मात्रै नभएर सम्पूर्ण उपभोक्ता र व्यवसायीहरूकै लागि पनि हो। यो अनुगमन र कार्यान्वयन काठमाडौँ उपत्यकामा मात्र केन्द्रीकृत नगरी देशभर अझ सशक्त र चुस्त बनाउँदै लैजाने बताउनु भएको थियो। एमआरपी कार्यान्वयन विषय धेरै अगाडि बढिसकेको हुनाले कुनै पनि बहानामा यो कार्य नरोकिने पनि बताउनु भएको छ।
