लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३८ अर्ब ९१ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ।प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा आइतबार बजेट प्रस्तुत गरेका हुन्। कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रूपैयाँ अर्थात् ३०.८८ प्रतिशत छुट्ट्याइएको छ भने पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत छुट्ट्याइएको छ त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रूपैयाँ अर्थात् ८.८० प्रतिशत छुट्ट्याइएको छ।
आयतर्फ आन्तरिक राजस्वबाट ७ अर्ब ७८ करोड ४ लाख रूपैयाँ छ। नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख रूपैयाँ छ। नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख रूपैयाँ छ। स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ८२ करोड ९० लाख अनुमान गरिएको छ भने नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ४४ करोड ४४ लाख रूपैयाँ छ। ससर्त अनुदानबाट ४ अर्ब ६६ करोड १५ लाख रूपैयाँ, समपूरक अनुदानबाट ५१ करोड ४० लाख, विशेष अनुदानबाट ४० करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट २ अर्ब परिचालन हुने अनुमान छ।
पूर्ण विवरण तल रहेको छ ।
