३ असार, काठमाडौं । नुवाकोटको ककनीमा बाढीले बगाउँदा बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि कुकुरसहितको टोली परिचालन भएको छ ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । उनका श्रीमान अशोक बलामी भने घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।