२३ भदाै, काठमाडाैं । आज काठमाडौं र विभिन्न शहरमा जेनजीको अगुवाईमा सुरु शान्तिपूर्ण प्रदर्शन उत्तेजित हुँदा सुरक्षा प्रशासनले जुन अमानवीय रक्तपात मच्चायो, यसको जवाफ गृहमन्त्री र सुरक्षा अधिकृतले मात्रै दिएर पुग्दैन ।
गृहमन्त्री रमेश लेखकले १९ युवा मारिएकामा नैतिक जिम्मेवारी लिँदै राजीनामा घोषणा गरेका छन् । अब केही अधिकृतहरूको सरुवा र देखावटी कारबाहीसँग यो घटना निप्टारा लगाउने सम्भावना छ । तर यत्तिको भरमा आज राज्यले रचेको निन्दनीय हर्कतको हल हुन सक्दैन । नाति पुस्ताका नागरिकहरुमाथि सत्ताले देखाएको यो त्यस्तो उन्माद हो, जसको जवाफ खुद प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्छ ।
