२७ भदौ, काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै राति ९ बजे शपथ लिने छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा  राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।