प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा एउटा टोली बंगालदेशको भ्रमणमा गएको छ । बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वोच्च अदालतको एउटा टोली त्यहाँ पुगेको हो ।
प्रधानन्यायाधीश राउतले नेतृत्व गर्ने टोलीमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन् । शनिबारदेखि न्यायाधीश कुमार रेग्मीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायाधीश रेग्मी स्वयं पनि न्यायिक कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जाँदैछन् ।
सोमबारदेखि न्यायाधीश हरि फूयालले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछन् ।प्रधानन्यायाधीशको टोली आगामी मंगलबारसम्म बंगालदेशको राजधानी ढाकामा रहेछन् भने त्यसपछि स्वदेश फर्कनेछ । त्यतिञ्जेल न्यायाधीश फूयालले नै कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।
