१७ कात्तिक, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेको हो ।
भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमा अलआउट भयो । कप्तान लाउरा वुल्भार्डले शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
वुल्भार्डले ९८ बलमा १०१ रन बनाएर ४२औं ओभरमा आउट भएपछि दक्षिण अफ्रिकालाई झट्का लागेको थियो । एनरी डर्कसनले ३५ रन बनाइन् । वुल्भार्डलाई अर्को इन्डबाट राम्रो साथ नमिल्दा दक्षिण अफ्रिका पहिलो उपाधि जित्नबाट चुक्यो ।
