१८ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीले यूएईमा जारी लिग २ क्रिकेटको शृंखलामा लगातार तीन हार बेहोरेर खराब लयमा छ ।

नयाा प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि जुनमा स्कटल्यान्डमा भएको लिग २ शृंखलामा राम्रो प्रदर्शन गरेको अनि टी-२० विश्वकप छनोटमा शानदार प्रदर्शनसहित उच्च मनोबलका साथ यूएई पुगेको नेपाली टोलीको प्रदर्शन भने अपेक्षाकृत हुन सकेन ।

अमेरिका र यूएईसँग सुरुवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले तेस्रो खेलमा अमेरिकासँग अलि सुधारिएको प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन ।