काठमानडु गुर्खाजलाई २९ रनले हराउँदै सुदुरपश्चिम रोयल्सले एनपिएलमा पहिलो खाता खोलेको छ। टस हारेर सुरुमा ब्याटिङ गरेको सुदुरपश्चिमले दिएको १४८ रनको लक्ष्य भेट्टाउन काठमान्डुलाई सकस परेको थियो। काठमान्डु गुर्खाजले १९ बल बाँकी छँदै पूरा विकेट गुमाएर जम्मा ११८ रनमा सिमित भएको थियो।