नेपाली कांग्रेसका ७८ बर्षीय प्रतिनिधि सभा सदस्य केसीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको थियो । केसी समानुपातिकतर्फबाट सांसद हुनु भएको हो।
ज्येष्ठ सदस्य केसीले अब प्रतिनिधि सभाका नवनिर्वाचित अरू सांसदहरूलाई शपथ खुवाउने छ। फागुन २१ को निर्वाचनबाट निर्वाचित हुनु भएका सांसदहरूको शपथ भोलि हुँदैछ। अब सभामुख चयन नहुँदासम्म केसीले अध्यक्षका रूपमा संसद बैठक सञ्चालन गर्नुहुने छ।
