मुग्लिन–नागढुंगा सडकखण्ड मंगलबार देखि तीन दिनसम्म राति बन्द हुने भएको छ। 

हाल भइरहेको सडक स्तरोन्नति कार्यका लागि चैत १७ गतेदेखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय, चितवनले अत्यन्त जरूरी सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।