राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्तामा आइसीसी अध्यक्ष ग्रेग बारक्लेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै क्रिकेट क्षेत्रमा स्रोत र साधनको व्यवस्थापन गरि लैजान सकेमा नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोग लगायत विषयमा उहाँहरु विच छलफल भएको थियो ।
