काठमाडौँ — २ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ ।
निगम प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार अल्फा लिमा यंकी (अन्नपूर्ण )को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौं नै फर्काएका थिए ।
