एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले चिर परिचित प्रतिद्वन्दी यूएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ ।

यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमान र हङकङबीच खेल हुने भएको छ। ओमानले समुह चरणका चारै खेल जितेर अपराजित रहदै समुह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समुह बी को उपविजेता बनेको छ।

नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ। विजेता टोली फाइनलमा पुग्नेछन्। तेस्रो स्थानको खेल पर्सि शनिवार र फाइनल खेल आइतवार हुनेछ। यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।