इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्यायो ।

राजस्थलानलाई सहज दिलाउन युवा खेलाडी यशस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ६० बलमा ९ चौका र ७ छक्का सहित १ सय ४ रन बनाए । उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रन बनाउँदै साथ दिए । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिए ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।