तस्विरः सामाजिक संजालबाट

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै लक्ष्य प्राप्त गरेको थियो । लखनउका मार्कुस स्टोइन्सले अविजित १ सय २४ रन बनाएका थिए ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् । यो खेल बेलुका ७ः४५ बजे दिल्लीमा शुरु हुनेछ ।