वैशाख-१५, घरेलु मैदानमा टस जितेर पाहुना टोलि वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपालले आक्रमक ब्याटिङ पावर भएको पाहुना टोलिलाई २०४ रनमा रोक्न सफल भएको छ। कम अनुभवि बलिङ लाईनअप केही खराव बलिङ, फिल्डिङको फाइदा उठाउदै वेस्टइन्डिजले घरेलु टोलि सामु २०४ रनको स्कोर खडा गरेको छ। २०५ रनको टार्गेट पछाउदै घरेलु टोलि नेपाल दोस्रो इनिङमा ब्याटिङ गर्दै।

२०४ रनको स्कोर बनाउने क्रममा वेस्टइन्डिजका एलिक एथेनाजे २५ बलमा ४७ रन, आन्द्रे फ्लेचरले ५ बलमा १३ रन क्याप्टेन रोस्टन चेसले क्पतानि पारि खेल्दै ४६ बलमा ७४ रन, केसी कार्टीले २६ बलमा ३८ रन, कादिम एलीनेले १५ बलमा १४ रन र किमो पलले २ बलमा १ रनको पारि खेलेका थिए।

बलिङ तर्फ घरेलु टोलिमा कुसल बलिङ गरेका अभिनास बोहराले ४ ओभरमा २९ रन दिएर १ विकेट लिएका थिए भने, क्याप्टेन रोहितले १ ओभरमा १० रन दिएर १ विकेट, दिपेन्द्र सिंह एरिले ३ ओभरमा ३० रन दिएर १ विकेट र कमल सिंह एरिले ३ ओभरमा ५३ रन दिएर १ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *