वैशाख-१५, त्रिवि। घरेलु मैदानमा २०५ रनको टार्गेट पछाउदै जवाफि ब्याटिङमा उत्रेको नेपालले २ बल छदै ६ विकेटको नोक्सानिमा टार्गेट चेस गरेको छ। यस अघि घरेलु मैदानमा टस जितेर पाहुना टोलि वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपालले आक्रमक ब्याटिङ पावर भएको पाहुना टोलिलाई २०४ रनमा रोक्न सफल भएको थियो।

अनुभवि वेस्टइन्डिज ए का विरुद्ध २०५ रनको विसाल लक्ष्य पछाउने क्रममा घरेलु टोलिका क्याप्तेन रोहित पौडेलले टिमलाई समाल्दै ५४ बलमा ११२ रनको पारि खेलेका छन् भने दिपेन्द्र एरिले २४, भुर्तेलले १६, मल्लले १६ गुल्सन ९, विवेक ७, अनिल ५ र प्रतिसले ५ रनको पारी खेलेका थिए। अनुभवि बलिङ लाईनअप भए पनि केही खराव बलिङ, फिल्डिङको फाइदा उठाउदै घरेलु टोलिले ५ खेलको सिरिजमको पहिलो खेल जितेको छ।

पहिलो इनिङमा २०४ रनको स्कोर बनाउने क्रममा वेस्टइन्डिजका एलिक एथेनाजे २५ बलमा ४७ रन, आन्द्रे फ्लेचरले ५ बलमा १३ रन क्याप्टेन रोस्टन चेसले क्पतानि पारि खेल्दै ४६ बलमा ७४ रन, केसी कार्टीले २६ बलमा ३८ रन, कादिम एलीनेले १५ बलमा १४ रन र किमो पलले २ बलमा १ रनको पारि खेलेका थिए।
बलिङ तर्फ घरेलु टोलिमा कुसल बलिङ गरेका अभिनास बोहराले ४ ओभरमा २९ रन दिएर १ विकेट लिएका थिए भने, क्याप्टेन रोहितले १ ओभरमा १० रन दिएर १ विकेट, दिपेन्द्र सिंह एरिले ३ ओभरमा ३० रन दिएर १ विकेट र कमल सिंह एरिले ३ ओभरमा ५३ रन दिएर १ विकेट लिएका थिए।
