गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले हराएको छ । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ भने राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा छ ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।