गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनाएको थियो। हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन र अभिषेक शर्माले पनि अविजित रहदै ७५ रन जोडेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । हैदरावाद १२ खेलबाट १४ अङ्क साथ तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा १२ अङ्कका साथ लखनउ छैटौँ स्थानमा छ ।
आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
