इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । जस्को लागि विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।

अङ्क तालिकामा १२ खेलमा १० अङ्कसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे शुरु हुनेछ ।