इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरुले (आरसिबि) प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई ४७ रनले हराएको छ ।

राजस्थान रोयल्सलाई हराएर चेन्नई सुपर किंग्सले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा चेन्नईले राजस्थानलाई   ५ विकेटले हराएको हो।

जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नई १४ अङ्क सहित तेस्रो स्थानमा छ । राजस्थान १२ खेलमा १६ अङ्क सहित दोस्रो स्थानमा छ । आईपीएलमा आज  गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।