आइतबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरेका हुन्।

पुलले भरतपुर महानगरपालिका र पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका जोड्नेछ।पुल ४ सय २० मिटर लामो र १२ मिटर लामो फराकिलो हुने सडक विभागले जनाएको छ।

 पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिले रहेको पुलभन्दा उत्तरतर्फ रहने छ ।