दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ।

सोमबार बिहानदेखि दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा अवरूद्ध भएको हो।दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ।

घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम भैरहवाले जनाएको छ।