जेठ-१६, लम्कीचुहा नगरपालिकाको आयोजनामा आ.व. २०८१/०८२ को निति तथा कार्यक्रम सम्बन्धि राय सुझाव संकलन र अन्तरक्रिया कार्यक्रम नगर प्रमुख श्री सुशिला शाही ज्युको अध्यक्षतामा समपन्न भएको छ।

आ.व. ८१/८२ को निति तथा कार्यक्रमलाई जनतामैत्री बनाउने र आगामी वर्ष नगर विकासमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा रहेर सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख साहीले आफु सधैव जनताको साथमा रहेको र आफ्नो पहिलो प्रथमिकता नगर विकास रहेको बताउन भयो। नगरपालिका सधैव जनताको आवज बनेर विकासमा अगाडि बढ्ने समेत जानकारी गराउनु भयो।

कार्यक्रममा विभिन्न संघ संस्था, बुध्दिजिवि, शिक्षाप्रेमि तथा समाजका अगुवा हरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *