१७ जेठ, काठमाडौं ।c
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको बताएको छ ।बजेटमा पाँच रुपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघको भनाइ छ ।
बजेटले सकारात्मक तरंग ल्याएको भन्दै उनले बजेटमा राखिएका कार्यक्रम कार्यान्वयन हुने हो भने देश रुपान्तरणको बाटोमा जाने उनको भनाइ छ ।
यस पटकको बजेटमा नेपालललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएका छन् ।५ लाख रोजगारी सिर्जना गर्ने र १० लाख मानिसलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य समेत सरकारले राखेको छ ।
सरकारले काठमाडौं उपत्यका र बुटवलमा इन्टरनेट, बिजुली, सुरक्षालगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क बनाउने सरकारको योजना छ ।
