गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

सोमबार बिहान चन्द्रकोटबाट  बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको जिप कालिगण्डकी गाउँपालिका वडा नं. ४ ओक्याङ स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको हो।

जिप आफै अनियन्त्रीत भई सडकदेखि अन्दाजी ४ सय मिटर तल जिप खस्दा सत्यवती गाउँपालिका वडा नं. ८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको हो।प्रहरी चौकी पुर्तिघाटका अनुसार जिप दुर्घटनामा परी ७ जना यात्रु घाइते भएका छन्।

घाइते हुनेहरुमा सत्यवती वडा नम्बर ८ भार्सेकी ३७ वर्षीया रिता छन्तेल, उनकी छोरी ४ वर्षीया इरिसा, ७५ वर्षीय टेक बहादुर कला, २३ वर्षीय मेख बराल, २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपति बराल र  चालक २९ वर्षीय केशव राना रहेका छन्।

घाइतेमध्ये रिता,इरिसा, टेक बहादुर र मेख बरालको अवस्था गम्भीर रहेकोले उनीहरुलाई थप उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ।