आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह डी मा रहेको नेपाल नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्स विरूद्ध आज पहिलो खेल खेल्दैछ। समूह डी मा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।
नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ। नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।
सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित दर्ता गर्नु आवश्यक छ भने को को छन् त खेलाडीहरु रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिक जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।
