जेठ-२२,रुपन्देही। विश्व कपको सातौं तथा अफ्नो पहिलो खेलमा नेपालले आफ्नो चिरपरिचित प्रतिद्धन्धि नेदरल्याण्डको सामनागर्दै छ।

खेल नेपाली समय अनुसार साँझ ९:१५ देखि सुरुवाट हुनेछ भने टस ८:४५ मा हुनेछ। ७००० संख्याको क्षमता भएको ग्राण्ड प्रेयरीस्टेडियम अमेरिकामा हुन गईरहेको खेलमा नेपालले आफुलाई बलियो रुपमा उतार्ने छ।

विश्वकपको यात्रामा १० वर्ष अगाडि २०१४ मा ग्रुप स्टेजबाट बाहिरि पछी दोस्रो पटक विश्वकपको स्टेजमा नेपालले प्रतिस्पर्धा गर्दै छ।१० वर्ष पछी टि२० कै विश्वकप खेल्दै गरेको नेपाली टोलिमा २०१४ मा विश्वकप खेलेका सोमपाल कामी बाहेक अरु सम्पूर्ण खेलाडीनयाँ नै छन्।

अहिले सम्मको खेल हेर्दा धेरै ठुलो स्कोर नबनेको र स्पिनलाई मदत देखिएको हुदा स्पिन अलराउण्डर हावी भएको नेपाली टिम संगखेलमा विपक्षलाई हावी गर्ने क्षमता छ।

विश्वकप खेलका लागी नेपाली टोलि रोहित पौडेलको कप्तानीमा अनुभवी र नयाँ खेलाडी सहित आज मैदानमा उत्रने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *