२३ जेठ। आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले सहकारी पीडितलाई न्याय दे भन्ने नारा पनि लगाएका थिए ।कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए ।

आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए । म काठमाडौं छु प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो श्रेष्ठले भने तर न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ ।

हामीबाट राज्यलाई डर हो कि राज्य अभियुक्तको पक्षमा प्रस्तुत भएको हो ? उनले भने अब हामी पक्राउ परेका पीडितका पक्षमा जहाँ लगिएको छ त्यहीँ पुग्नेछौं ।