७ असार, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार ८ सय थियो । त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८४० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ पुगेको छ ।