अषाढ-२७, बिहिवार। जारी प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका लागि सोमवार अर्जेन्टिना र कोलम्विया अर्को तर्फ युरो२०२४ को उपाधिका लागि स्पेन र इगल्याण्ड बिच प्रतिसपर्धा हुदै छ।

फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नका लागि आज भएको खेलमा कोलम्वियाले उरूग्वेलाई १-० ले हराएको थियो।

कोलम्वियालाई जितका लागि ए्डर्स लर्मा ले ३९ मिनेटमा कर्नर प्रहारलाई हेडर मार्फत जाली चुमाउन सफल भएका थिए।

पहिलो हाफको अन्ततिर रेड कार्ड सहित १० खेलाडिमा सिमित कोलम्वियाले खेल जित्न सफल भएको थियो।

अर्को तर्फ युरो २०२४ को फाइन पुग्न इगल्याण्डले नेदर्लयाण्ड माथी २-१ को जित निकालेको थियो।

यस अगाडी भएको पहिलो सेमिफाइनलमा क्यानडालाई हराउदै अर्जेन्टिना र फ्रान्सलाई हराउदै स्पेन फाइनल पुगि सकेका थिए।

फाइनल खेल आगामी सोमवार नेपालि समय अनुसार युरो २०२४ बिहान पौने १ बजे र कोपा २०२४ पौने ६ बजे देखि संचालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *