३० असार, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ ।

शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए ।

अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।

आज बिहानमात्रै एक पुरुषको शव फेला  परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।