६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको सुरुवातले आफूहरुलाई झस्काएको बताएका छन् ।सरकार फेरिएर होइन, हामीले सरकार छाड्नु परेर होइन उनले भने जुन संकेत सुरुवातमा देखियो त्यसले हामीलाई झस्काएको छ ।
विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले ओलीसँग काम गर्ने रहर भएर अघिल्लो समिकरण बनाउन भूमिका खेलेको स्मरण गरे । सुशासनमा ओली निर्ममतापूर्वक अगाडि बढ्ने आफ्नो विश्वास डगमगाएको उनले सुनाए ।
मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए । नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने ।
हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हेयौं । उनले अगाडि भने जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?
यद्यपि प्रधानमन्त्री ओलीले संसदमा प्रतिवद्धता व्यक्त गरेअनुसार भए गुण र दोषका आधारमा प्रतिपक्षमा बस्ने बताए । रास्वपा सभापति लामिछानेले भने २५ वटा काण्डमा छानबिन सुरु गर्छौं भनेका थियौं। यो निर्णयको निरन्तरताका लागि अपील गर्न चाहन्छु ।
