साउन १० ,काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बिहीबार डलर हालसम्मकै महँगो भएको छ।बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा तोकिएको छ।यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि बुधबार डलरको भाउ १३४ रूपैयाँ २१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ५ पैसा बढी हो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ३० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ २३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीमा २८ रूपैयाँ ७३ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ११ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ०७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रूपैयाँ १९ पैसा तोकिएको छ।
