१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस रहेको खुलेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ। हायसबाट १० जनाको शव निकालिएको छ।
योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ। बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो ।
