महानगरका अनुसार नेपाल र बंगलादेशबीच आज हुने फाइनल खेल टुँडीखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा लाइभ देखाउने भएको हो।
साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुने छ।

