११ मंसिर, काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
