३ पुस, काठमाडौं । सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ ।
मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
