कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दलका सदस्यहरू सवार जहाज दुर्घटनामा परेको छ।
अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ। दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजाकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।
जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्।
रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।
