प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली महिला र पुरुष टोली सोमबार स्वदेश फर्किएको छ । ऐतिहासिक उपलब्धि हासिल गरेको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल सरकार, काठमाडौ महानगरपालिका र खो खो संघले भव्य स्वागत गरेको थियो ।
आइतबार भारतको नयाँ दिल्लीमा सम्पन्न विश्वकपमा नेपालको पुरुष/महिला दुबै टोली उपविजेता बनेको थियो । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालको दुबै टोली आयोजक भारतसँग पराजित भएको हो । पुरुषमा २० र महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
