लुम्बिनी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरे ।

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनकालागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।