युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको प्रि-क्‍वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै मैदानमा बार्सिलोनाले १-० गोलअन्तरले हराएको हो ।

खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित भएको बार्सिलोनाका लागि दोस्रो हाफमा राफिन्हाले गरेको एकमात्र गोलले जित दिलायो ।

खेलको २२औं मिनेटमा पाब्लो कुबार्सीले ट्याकल गर्ने क्रममा रातो कार्ड पाएका थिए । त्यसपछि बार्सिलोना १० खेलाडीमा समेटियो । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

दोस्रो हाफको ६१औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यही गोल बार्सिलोनालाई पहिलो लेगमा जित दिलाउन पर्याप्त रह्‍यो ।