२ वैशाख, काठमाडौँ। प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार ओली र देउवाबीच करिब एक घन्टा कुराकानी भएको हो।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षालगायत विषयमा कुराकानी भएको थियो।

दुई दलीय संयन्त्रको बैठक बोलाएर विभिन्न समस्याहरूको समाधानका लागि उपायको खोजी गर्ने विषयमा उनीहरूबीच समझदारी बनेको छ। एमाले नेता राजन भट्टराईका अनुसार संयन्त्रको बैठक बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको छ।

आन्दोलनरत शिक्षकहरूका मागबारे र संयन्त्रका सदस्यहरूले उठाउँदै आएका विषय उक्त बैठकमा राख्न सकिने पनि उनले बताएका छन्।