९ वैशाख, काठमाडौं । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू तत्काल विद्यालय फर्कने अवस्था नदेखेपछि सरकारले वैकल्पिक व्यवस्था गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न खोजेको छ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार पनि प्रदर्शन गर्दैछन्।
