मिति २०८२/०१/११ गतेबाट हुने भनिएको कक्षा १२ को परिक्षा आन्दोलनरत शिक्षकहरुको कारण असहज परिस्थिति सृजना भएको कारण देखाउदै बैशाख २१ गतेबाट परिक्षा हुने गरि राष्ट्रिय परिक्षा बोर्डले सुचना प्रकाशन गरेको छ ।

यसरि अन्तिम समयमा आर तीन सातादेखि काठमाडौंकेन्द्रित शिक्षक आन्दोलनलाई कारण देखाउँदै सरकारले परीक्षा स्थगित गर्दा १२ कक्षाका हजारौं परीक्षार्थी अनाहकमा दुःख भोग्न बाध्य भएका छन् । पहाडी र हिमाली जिल्लाका परिक्षा केन्द्रहरु टाढा टाढा रहेकोले ५/६ घण्टा लगाएर परिक्षा केन्द्र सम्म पुगेका विद्यार्थीहरु विचल्लीमा परेका छन्।

आन्दोलनरत शिक्षकका मागहरुलाई सम्बोधन गरेर सहज परिस्थितिमा अबको परिक्षा संचालन हुने तर्फ सरकारले ध्यान दिदै कलिला बालबालीकामा परेको नकारात्मक असरलाई न्युन गरि समयमा परिक्षा संचालन हुने बाताबरण बनाउन सबैको ध्यान जान आवस्यक देखीन्छ ।